कांग्रेस सांसद शाहलाई ज्यान मार्ने उद्योगमा पक्राउ गर्न अदालतको अनुमति
काठमाडौं। सांसद एवं नेपाली कांग्रेस नेता अभिषेक प्रताप शाहलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

प्रतिनिधि सभामा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहसहित दुई जनालाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले अनुमति दिएको इजलास अधिकृत भीमराज ढकालले देखापढीलाई जानकारी दिए।

सांसद शाह र उनका चालक शशिकान्त काश्यपविरुद्ध इलाका प्रहरी कार्यालय कृष्णनगरमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ। जाहेरी दर्तापछि अदालतले पक्राउका लागि अनुमति दिएको हो।

कृष्णनगर नगरपालिका–३ का श्याम मिश्राले जाहेरी दर्ता गराएको डीएसपी सुनिल मल्लले देखापढीलाई जानकारी दिए।

सांसद शाहले झण्डै दुई हप्ता पहिले आफूलाई कुटपीट गरेको भन्दै मिश्रा न्यायका लागि प्रहरीकोमा पुगेका हुन्।

मिश्रा भोजपुरी कलाकार समेत हुन्। मिश्राले कपिलवस्तुको कृष्णनगरस्थित आफ्नै घरमा बोलाएर सांसद शाहले कुटपिट गरेको आरोप लगाएका छन्।

सांसद शाहले पेस्तोल मुखमा कोचेर कुटेको मिश्राले देखापढीलाई बताए। टाउकोमा लागेको चाेट निको नभएको भन्दै उपचारका लागि काठमाडाैं या लखनउ पुग्ने तयारीमा रहेको उनी बताउँछन्।

सांसद शाहले गएको स्थानीय निर्वाचनमा आफ्ना काकाविरुद्ध उम्मेद्वारी दिएर हराएको आरोपमा मिश्रालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ।

मिश्रा स्थानीय निर्वाचनमा राप्रपाको तर्फबाट कृष्णनगर नगरपालिकाको उम्मेद्वार बनेका थिए।

प्रतिक्रिया दिनुहोस्