भोजपुरमा चन्द समूहका कार्यकर्ता पेस्तोलको गोलीसहित पक्राउ
<p>काठमाडौं। भोजपुरको हतुवागढी–९ बाट नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता आज पेस्तोलको गोलीसहित पक्राउ परेका छन्।</p>
<p>दैलेख, दुल्लु–२ का २८ वर्षीय वीरेन्द्र थापालाई पेस्तोलको चार राउण्ड गोली, डायरी दुई थान र चन्द समूहका केही दस्तावेजसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिए।</p>
<p>उनका अनुसार हतियार लुकाएको आंशकामा खोजी गर्दै जाँदा पेस्तोलको गोलीसहित थापालाई पक्राउ गरिएको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्
