रूकुम। रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ।
रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो। जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ। पानी र हिमपातका कारण जिल्लामा चिसो बढेको छ। चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ।
प्रदेश ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्व मंसीरको अन्तिम साता हिमपात भएको थियो। जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन्। सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका–५ का वसन्त बस्नेतले बताए।
हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको छ। रुकुमपूर्वका सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न उच्च तथा लेकाली क्षेत्रमा भएको हिमपातले चिसो निकै बढेको स्थानीयवासीले बताएका छन्।
हिमपात हुँदा मानिसलाई मात्र नभई चौपायालाई पनि चरन क्षेत्रको अभाव हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका टीका घर्तीले बताइन्। हिमपात हुँदा मानिसलाई पनि बाहिर निस्कन, हिँडडुल तथा दैनिक कामकाज गर्न समस्या भएको उनले बताइन्। यतिबेला जिल्लावासी जंगलबाट ल्याएको दाउरा बालेर आगो ताप्दै बसिरहेका छन्। रासस
" /> रूकुम। रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ।रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो। जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ। पानी र हिमपातका कारण जिल्लामा चिसो बढेको छ। चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ।

">