जङ्गली च्याउ खाँदा एकको मृत्यु सङ्खुवासभा।खाँदबारी नगरपालिका–४ मा जङ्गली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ।च्याउ खाँदा ३९ वर्षीय लालबहादुर राईको मृत्यु भएको वडा नं ४ का वडाध्यक्ष सजीत राईले जानकारी दिए।च्याउ खाएर बिरामी परेका लालबहादुरको उपचारका क्रममा आइतबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको वडाध्यक्ष राईले बताए।गत बिहीबार जङ्गली च्याउ खाँदा लालबहादुर र उनकी आमा ७० वर्षीया राधिकासमेत बिरामी भइकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्