भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे सिमकोट।हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन क्षेत्रमा निरन्तरको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन्।वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेका १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्