प्रहरीका सई र जवानविरुद्ध मुद्दा दायर
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानविरुद्ध मुद्दा दाय गरेको छ।

आयोगले प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीमा कार्यरत सई राजेशकुमार सिंह र घुमुवाको समेत काम गर्ने सोही चौकीका प्रहरी जवान मनोजकुमार यादवविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उनीहरूसँग ५० हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ।

भारतीय सीमा नाकाबाट नेपालतर्फ घरायसी सामान भित्र्याउने काममा सहज गराई दिने भनी सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस लिंदै गरेको अवस्थामा सिंह र यादवलाई अख्तियारले २४ मंसीरमा पक्राउ गरेको थियो।

उनीहरूले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्