अफगान सेनाको कारबाहीमा छ जना लडाकूको मृत्यु एजेन्सी।अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ।सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ।सेनाले जारी गरेको विज्ञप्तिमा राजधानी काबुलभन्दा ६० किलोमिटर दक्षिणका मोहम्मद आघा र बाराकी बाराक जिल्लामा अफगान वायुसेनाले शनिबार आक्रमण गरेको र त्यसक्रममा स्थानीय तालिबान नेताको पनि मृत्यु भएको उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्