कालोबजारी रोक्न निर्देशन काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा हुने कालोबजारी रोक्न मातहतका प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। पीपीई, अक्सिजन सिलिन्डर, मास्क, अक्सिमिटर लगायतका स्वास्थ्यसामग्री तथा अन्य अत्यावश्यक सामग्रीहरुको कालोबजारी रोक्न उनले निर्देशन दिएका हुन्। वैशाख महिनाको मासिक प्रगति समीक्षा कार्यक्रम उनले यसको लागि स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय राखी काम गर्न भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्