आईजीपी खनाललाई १० हजार नगद पुरस्कार <p>काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल १० हजार रूपैयाँसहित पुरस्कृत भएका छन्।</p> <p>प्रहरी प्रधान कार्यालय र अन्तगर्गतका निकायहरूको आर्थिक वर्ष २०७४/०७५ सम्मको बाँकी बेरुजु रकममध्ये ८८.५० प्रतिशत फर्छ्योट गर्न सफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले खनाललाई पुरस्कृत गरेका हुन्।</p> <p>अघिल्लो वर्ष पनि बेरुजु फर्छ्योटमा सर्वाेत्कृष्ट काम गरेको भन्दै खनालल पुरस्कृत भएका थिए। &nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्