सरकार महामारीबाट पाठ सिकः चेतन भगत एजेन्सी। प्रख्यात भारतीय लेखक चेतन भगतले देशमा कोरोना महामारी उचाइमा पुग्दा पनि सरकार नचेतेको बताएका छन्। स्वास्थ्य व्यवस्थामा देखिएको भद्रगोलप्रति उनले चिन्ता प्रकट गरेका छन्।गल्फ महाराष्ट्र बिजनेस फोरममा बोल्दै उनले भारतले कोरोनाविरुद्धको खोप अभियानलाई गम्भीरतापूर्व नलिएको बताए। उनले भने, ‘‘सरकारले आफ्नो गल्ती स्वीकार्दै समग्र स्वास्थ्यक्षेत्रमा सुधार गर्नुपर्छ। कोरोनापछि हामीले परिवर्तन गर्नु जरुरी छ। महामारीबाट पाठ सिक्नुपर्छ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्