‘ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउने दुई जना पक्राउ

काठमाडौं। ‘हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा प्रहरीले दुई जनालाई पक्राउ परेको छ।

काठमाडौंको कागेश्वरी नगरपालिका–७ मुलपानी थापागाउँबाट १६ पुस साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र च्यामासिङ बस्ने २९ वर्षीय राजकुमार नेपाल रहेका छन्।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा ८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाइल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रूपैयाँसहित फेला पारी नियन्त्रणमा लिएको हो।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्