कैलाली। सुदूरपश्चिमको पहाडी भेगमा पुनः हिमपात शुरू भएको छ। यो हिउँदमा सुदूरपश्चिमको पहाडी भेगमा मंसीरको अन्तिम साता पनि हिउँ परेको थियो। केही दिन रोकिएको हिमपात पुन: शुरू हुँदा जनजीवन प्रभावित भएको छ।
.jpg)
बैतडीको श्रीभावर क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले उक्त क्षेत्रमा हिमपात अहिलेपनि भैरहेको र अबरुद्ध सडक खुलाउन डोजर र प्रहरी परिचालन गरिएको जानकारी दिए। उनले हिमपातका कारण बैतडीमा जाडो बढेपछि हिजो साँझदेखि जिल्लाका विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था समेत मिलाएको बताए।
.jpg)
मौसममा आएको परिवर्तनसँगै वैतडीको खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा फेरि हिमपात भएको हो। बैतडीमा विद्युत् सेवा अवरुद्ध भएको छ।
बझाङबाट आउँदै गरेका ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका कर्मचारी नारायण वाग्लेले हिमपातका कारण कतिपय ठाउँमा सडक अबरुद्ध भएको देखापढीलाई बताए। हिमपात जारी रहेका कारण उक्त क्षेत्रमा सवारी आवागमनमा समस्या भएको उनले जानकारी दिए।
बझाङको उच्च हिमाली भेगमा गएरातिदेखि नै हिमपात भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए।
.jpg)
सुदूरपश्चिमको स्वर्ग भनेर चिनिने खप्तड क्षेत्रमा पनि लगातार हिमपात भइरहेको छ।
तस्वीरहरु: सुजन केसी/नारायण वाग्ले
" /> कैलाली। सुदूरपश्चिमको पहाडी भेगमा पुनः हिमपात शुरू भएको छ। यो हिउँदमा सुदूरपश्चिमको पहाडी भेगमा मंसीरको अन्तिम साता पनि हिउँ परेको थियो। केही दिन रोकिएको हिमपात पुन: शुरू हुँदा जनजीवन प्रभावित भएको छ।.jpg)

">