महोत्तरी। महोत्तरीमा अँग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पिकनिक’ गएका एक किशोरमाथि गोली प्रहार भएको छ।
जलेश्वर नगरपालिका–५ विसनपुरका १४ वर्षीय अक्षय कापरमाथि १६ पुस साँझ पिकनिकस्थलमै विसनपुरका ४० वर्षीय विनय सिंहले गोली प्रहार गरेका हुन्।
कापरको छातीमा एक राउण्ड गोली लागेको महोत्तरीका प्रहरी प्रमुख, एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। जनकपुरको जानकारी हेल्थकेयरमा प्राथमिक उपचार गरेर कापरीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।
सिमावर्ती क्षेत्र नजिकै पिकनिकमा गएका बेला कापरमाथि गोली प्रहार गरेर सिंह फरार छन्। प्रहरीले सिंहको खोजी गरिरहेको छ।
घटनामा संलग्नताको आरोपमा अर्का एक जनालाई नियन्त्रणमा लिएको छ ।
" /> महोत्तरी। महोत्तरीमा अँग्रेजी नयाँ वर्षको अवसर पारेर ‘पिकनिक’ गएका एक किशोरमाथि गोली प्रहार भएको छ।जलेश्वर नगरपालिका–५ विसनपुरका १४ वर्षीय अक्षय कापरमाथि १६ पुस साँझ पिकनिकस्थलमै विसनपुरका ४० वर्षीय विनय सिंहले गोली प्रहार गरेका हुन्।

">