काठमाडौं। तपाईंले एक वर्षमा कति कमाउनुभयो? वा, जीवनभरै नै कति कमाउन सक्नुहोला? कसैले हजारमा, कसैले लाखमा त कसैले करोडमा कमाउलान्, त्यो पनि जीवनमा। तर, एक आठ वर्षीय बालकको एक वर्षको कमाइ सुन्दा तपाईंलाई अवश्य पनि आश्चर्यमा पर्नुहुनेछ।
अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक र्यान काजीले एक वर्षमै दुई करोड ६० लाख डलर कमाइ गरेका छन्।
फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार काजीले सन् २०१९ मा दुई करोड ६० लाख डलर (करीब दुई अर्ब ९६ करोड रूपैयाँ) कमाएका छन्। यतिबेला उनको चर्चा संसारभर छाएको छ। उनलाई फोर्ब्स सन् २०१९ मा सबैभन्दा बढी कमाउने यूट्युबर घोषणा गरेको छ।
‘र्यान्ज वर्ल्ड’ नामक यूट्युब चलाइरहेका काजीका दुई करोड ३० लाखभन्दा बढी सब्सक्राइबर छन्। उनी आफ्नो च्यानलमा खेलौनाबारे बताउनुका साथै तिनको समीक्षा समेत गर्छन्।
सन् २०१८ मा र्यानले दुई करोड ४० लाख डलर कमाएका थिए। गत वर्ष पनि उनी यूट्युब च्यानलमार्फत् सबैभन्दा धेरै कमाउने व्यक्ति घोषित भएका थिए।
यस वर्ष पाँच वर्षीया रुसी बालिका अनास्तासिया राद्जिन्स्काया धेरै कमाउने यूट्युबरको सूचीमा तेस्रो भएकी छिन्। फोर्ब्सका अनुसार यूट्युबबाट उनले एक करोड ८० लाख डलर कमाएकी छन्।
काजीको यूट्युब च्यानल चर्चित हुनुमा आमा लोन गुआनको ठूलो हात छ। पूर्वशिक्षिका समेत रहेकी लोनले नै ‘र्यान्ज वर्ल्ड’ यूट्युब च्यानल सिर्जना गरेकी थिइन्। उक्त काममा बुवा सियोनले पनि सहयोग गर्दै आएका छन्। र्यानकै यूट्युब च्यानलको कमाइबाट गुआन परिवारले दुई वटा घर किनिसकेको छ भने थुप्रै सम्पत्ति पनि जोडिसकेको छ।
" /> काठमाडौं। तपाईंले एक वर्षमा कति कमाउनुभयो? वा, जीवनभरै नै कति कमाउन सक्नुहोला? कसैले हजारमा, कसैले लाखमा त कसैले करोडमा कमाउलान्, त्यो पनि जीवनमा। तर, एक आठ वर्षीय बालकको एक वर्षको कमाइ सुन्दा तपाईंलाई अवश्य पनि आश्चर्यमा पर्नुहुनेछ।अमेरिकी राज्य टेक्ससका एक जना आठ वर्षीय बालक र्यान काजीले एक वर्षमै दुई करोड ६० लाख डलर कमाइ गरेका छन्।

">