बलात्कारका अभियुक्त ‘सिद्धबाबा’ लाई धरौटीमा छाड्ने आदेशविरुद्ध पुनरावेदन
काठमाडौं। जबरजस्ती करणी मुद्दाका अभियुक्त ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई धरौटीमा रिहा गर्ने सुनसरी जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकीलले उच्च अदालतमा पुनरावेदन गरेका छन्।
उच्च सरकारी वकील कार्यालय विराटनगरले उच्च अदालतमा पुनरावेदन गरेको हो।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख रूपैयाँ धरौटीमा रिहा गर्न १४ पुसमा आदेश दिएको थियो।

मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी निर्दोष रहेको नदेखिएमा र तीन वर्षभन्दा बढी सजाय हुने अपराधको अभियोग लागेमा पुर्पक्षका लागि थुनामा पठाउनुपर्छ।

जिल्ला अदालतले नै आदेशमा ‘गिरी निर्दोष रहेछन् भनी मान्न नसकिने अवस्था छ’ भनेको छ। त्यस्तै गिरीलाई सातदेखि १० वर्ष कैद हुन सक्ने अभियोग लगाइएको छ।

यस्तो अवस्थामा धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेकोले उच्च अदालतसमक्ष अपिल गरिएको सुनसरी सरकारी वकील कार्यालयका न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले बताए।
कार्यविधि संहिताको दफा ७३ बमोजिम थुनछेक आदेशमा चित्त नबुझ्ने पक्षले एक तह माथिको अदालतमा पुनरावेदन गर्न सक्छ।

जन्मकैद, १० वर्ष वा सो भन्दा बढी कैद हुन सक्ने कसूरमा थुनछेक आदेश चित्त नबुझे एक तह भन्दा माथिको अदालतमा पनि पुनरावेदन गर्न सकिन्छ।

यही कानूनी व्यवस्थाअनुसार गिरीलाई धरौटीमा छाड्ने आदेशविरुद्ध उच्च अदालतमा  पुनरावेदन गरिएको हो।

कृष्णदासलाई सातदेखि १० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिको मागदाबीसहित सुनसरी जिल्ला अदालतमा १० पुसमा मुद्दा दायर भएको थियो।

‘भगवान’ मानेको गुरुबाट साधना प्राप्ति गर्ने नाममा बलात्कृत भएको भन्दै काठमाडौंकी एक महिलाले १० मंसीरमा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा गिरीविरुद्ध जाहेरी दिएकी थिइन्।

त्यसपछि प्रहरीले पक्राउ गर्न खोज्दा बिरामी परेको भनि गिरी अस्पताल भर्ना भएका थिए। अस्पतालमै बसेर मुद्दाको प्रतिरक्षा गर्ने अवसर पाएका गिरीलाई सुनसरी जिल्ला अदालतले नै थुनामा जानु नपर्ने आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्