सातै प्रदेशमा पत्रकारिता क्षेत्रका काम विस्तार गर्दै सरकार
नेपाल पत्रकार महासंघ कैलालीको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेस काउन्सिल, सूचना तथा सञ्चार केन्द्र लगायतले दिने सेवा सुविधाहरु सम्बन्धित क्षेत्रबाटै प्रदान गर्न सातै प्रदेशमा कार्यालय स्थापनाको तयारी गरेको जानकारी दिएका छन्।
उनले सरकारको यो कामसँगै सामान्य कामका लागि केन्द्र जानुपर्ने पत्रकारहरुको बाध्यताको अन्त्य हुने दाबी गरे।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेशका पत्रकारिता क्षेत्रमा पर्याप्त आर्थिक स्रोत पुगोस् भनेर मन्त्रालयले काम गरिरहेको बताए।
भवन उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली लगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस्