बालबालिकाले प्रधानमन्त्रीलाई सोधेका मध्ये तीन प्रश्न र त्यसको जवाफ यहाँ समेटिएको छ।
तपाईंको प्रेरणा को हो ?
मेरी आमा बित्दा ३ वर्षको थिएँ । मेरो मुख्य आदर्श हजुरआमा रहनुभयो। साँचो बोल्ने,सद्व्यवहार गर्ने, परोपकारी धारणा राख्ने, मान्छेलाई माया गर्ने, कसैप्रति भेदभाव नराख्ने गुणहरू हजुरआमाले सिकाउनुभयो।
श्रमलाई माया गर्ने, मेहनती हुनुपर्छ अनि अरुको नजरमा नगिर्ने खालको, अरुले नराम्रो नभन्ने खालको काम गर्नुपर्छ भन्ने शिक्षा र प्रेरणा मैले हजुरआमाबाट प्राप्त गरें। मेरो प्रेरणा मेरी हजुरआमा हो।
हुन त अरु अभिभावक र शिक्षक शिक्षिकाहरुबाट पनि प्रेरणा पाएँ ।
मैले अहिले जुन भन्ने गर्छु- शक्तिसँग डराउनु हुँदैन, शक्ति आवधिक र अस्थायी हुन्छ, सत्य अस्थायी हुँदैन। सत्यको पालना गर्नुपर्छ भन्ने कुरा मैले मेरी हजुरआमाबाट सिकेको हुँ।
कार्यालयमा हुने कामबाट फुर्सद पाउँदा के काम गर्न रूचि राख्नुहुन्छ ?
मैले साधारणतया फुर्सदको समय जीवनमा थाहा पाएको छैन। मेरो फुर्सदको समय भनेको राति सुत्दाको हो। त्यो पनि अबेलासम्म पढ्ने गर्छु। राति अलिक बढी पढ्छु। दिउँसो पनि मैले फुर्सद भयो भने केही किताब, पत्रपत्रिकाबाट जानकारी लिन्छु। अहिले त इन्टरटेनहरु छ। वैज्ञानिक कुराहरु खोज अनुसन्धानका कुराहरु जानकारी लिन खोज्छु।
सामान्यज्ञानका कुराहरू जानकारी लिन बढी केन्द्रित हुन्छु। सामान्यतया फुर्सदको समय हुँदैन, भइहाल्यो भनेपनि मैले केही थप जानकारी लिने कोशिस गर्छु। नयाँ कुरा सिक्ने गर्छु।
हजुर जस्तोसुकै प्रश्नको उत्तर सामान्य ढगंले दिनुहुन्छ। हजुरजस्तो अथाह ज्ञान पाउन कसरी पढ्ने होला ?
ज्ञान संसारमा धेरै छ। विश्व ज्ञानको भण्डार हो। त्यसको हामीले एउटा सानो अंश पनि पाउँदैनौं। भाइबहिनीहरुलाई लागेको छ- मसँग अथाह ज्ञानको भण्डार छ भनेर। तर त्यो होइन। मसँग अलिकति, थोरै छ।
यति ठूलो ज्ञानको भण्डार भएको विश्वमा एउटा विरुवाको मात्रै अध्ययन थाल्यो भने सायद त्यो विरुवाको मात्रै पनि जानकारी पूरा पाइँदैन। जस्तो हामी मेडिसिन पढ्न थाल्यौं भने पहिले जेनेरल मेडिसिन पढ्छौं। त्यसपछि एमबीबीएसभन्दा माथि एमडीमा गयौं भने त्यसको स्पिेसिफाई गर्छौं र एउटा विषयतिर जान्छौं। डिएसएम पढ्दा 'स्पेसिलाइजेशन'बाट 'सुपरस्पेसिलाइजेशन' बढी केन्द्रित भएर जान्छ।
त्यतिबेला पुगेपछि उसलाई थाहा हुन्छ कि जान्नुपर्ने कुरा धेरै छन्, उसले त एउटा सानो विषय मात्र जानेको हो।
ज्ञानको भण्डार अथाह छ। हामीले चाहिने राम्रा ज्ञानहरु प्राप्त गर्ने कोशिस गर्नुपर्छ। आफ्नो विषयगत ज्ञानमा राम्ररी दक्षता राख्ने र सामान्य ज्ञान प्राप्त गर्ने कोशिस गर्नुपर्छ।
खासगरी हामीले मानव जातिको, मानव जातिमा पनि आफ्नो देशका मानव जातिको बारेमा, धर्तीको बारेमा बढी जान्नुपर्छ। धर्तीका बारेमा पनि आफ्नो धर्तीका बारेमा बढी जान्नुपर्छ।
सामान्यज्ञानबाट हामीले कमसेकम हाम्रो धर्ती, हाम्रो मानवजाती र यससँग सम्बन्धित विषयहरूलाई सहज ढंगले बुझ्नसक्छौं।
ज्ञान प्राप्त गर्ने विषयमा मुख्य रुपमा आफ्ना निम्ति उपयोगी र समाजका निम्ति उपयोगी हुने गरी दुई किसिमले गर्नुपर्ने हुन्छ ।