मलेसियामा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु
काठमाडौं। वैदिशक रोजगारीका लागि मलेसिया पुगेका पाँचथरका एक युवा सुतेकै ठाउँमा मृत भेटिएका छन्।

मलेसियामा सुरक्षा गार्डको काम गरिरहेका पाँचथर फाल्गुनन्द गाउँपालिका-१, नवमीडाँडाका हेमलाल दुलाल १६ पुसको बिहान सुतिरहेको अवस्थामै कोठामा मृत फेला परेको साथि यादव क्षेत्रीले बताए।

यसअघि पनि रोजगारीका लागि विदेश गएका दुलाल पछिल्लो पटक तीन महीनाअघि १६ पुसमा मलेसिया पुगका थिए।

हृदयघात भइ उनको मृत्यु भएको आशंका गरिएको छ।

दुलालका एक श्रीमती, एक छोरा र एक जना छोरी छन्।

प्रतिक्रिया दिनुहोस्