दिलिप कुमार र राज कपूरको घर किन्न पाकिस्तानले छुट्यायो झण्डै साँढे दुई करोड एजेन्सी। ख्यातिप्राप्त भारतीय कलाकारद्वय दिलिप कुमार र राज कपूरको पैतृक घर किन्न पाकिस्तानको पेशावर सरकारले दुई करोड ३० लाख भारु छुट्याएको छ। बलिउडका यी कलाकारको घरलाई संग्रहालय बनाउन पाकिस्तान सरकारले खरिद गर्न लागेको हो। ती घरहरुमा बसिरहेका मानिसलाई हटाउन सूचना जारी गरिसकिएको छ। सरकारले ती घर लिएपछि पुरानै स्वरुपमा लैजाने र यसले भारतीय फिल्मबारे धेरै जानकारी दिने अपेक्षा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्