नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन समारोह शुरू
<p>काठमाडौं। नेपाल भ्रमण वर्ष २०२० को भव्य उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरू भएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्न लागिएको हो।</p>
<p>उक्त विशेष समारोह मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ। उद्घाटन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।</p>
<p>दशरथ रङ्गशालामा सुरू भएको उद्घाटन समारोहका काठमाडौं उपत्यका वरपरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूले विशेष झाँकीको प्रदर्शन गर्दै कार्यक्रमस्थल प्रवेश गरेका छन्।</p>
<p>उद्घाटन समारोहमा नेपालमा विशिष्ट पदाधिकारीहरूसँगै नेपालस्थित विदेशी राजदूत र दुतावासका अधिकारीहरू लगायत विदेशी पाहुनाको पनि उपस्थिति रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
