‘दि कर्मा’मा बुद्धि र परमिता भिलेन
<p>काठमाडौं। १७ माघबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक गरिएको छ।</p>
<p>देवकुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा एक्सनलाई प्राथमिकता दिइएको छ। चलचित्रमा नायिका नीता ढुंगाना र नायक करण वर्मालाई एक्सन भूमिकामा देखाइएको छ। वर्मा भारतका मोडल हुन्।</p>
<p>नायिका परमिता आरएल राणा र कलाकार बुद्धि तामाङलाई भने ‘भिलेन’को भूमिकामा देखाइएको छ। यसअघि सार्वजनिक गरिएको ‘दि कर्मा’को टिजरमा मुख्य कलाकार वर्मा र ढुंगानालाई एक्सन अवतारमा देखाएको थियो भने परमिता आरएल राणालाई बोल्ड अवतारमा देखाइएको थियो। </p>
<p>जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा जयराज रायसँगै श्रीदेव वीएल र निशा खतिवडा छन्। चलचित्रमा पूर्वी नेपालको तराई क्षेत्रमा हुने हत्या, आतंक र लुटपाटको घटनालाई समेटिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
