काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका उम्मेद्‌वार प्याकेजमै टुंग्याउने तयारी गरेको छ।

यसका लागि नेकपाले भोलि, १७ पुस दिउँसो सचिवालय बैठक बोलाएको छ। भोलिको बैठकमा प्रतिनिधिसभामा रिक्त सभामुख र ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्‌वार तय गर्ने सम्भावना रहेको छ।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले भोलि दिउँसो चार बजे सचिवालय बैठक बस्ने देखापढीलाई जानकारी दिंदै अजेण्डा भने तय भइनसकेको छोटो प्रतिक्रिया दिए।

सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र अझैं सहमति जुटिसकेको छैन। नेकपाभित्र सहमति नजुटेकै कारण आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ११ दिन पछि २७ पुसका लागि सारिएको छ। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि उनले राजीनामा दिएसँगै प्रतिनिधिसभा सभामुखविहीन छ। महारा अहिले पुर्पपक्षका लागि कारगारमा छन्।

१५ पुसमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपनि सहमति जुट्न सकेको थिएन। यसअघि १३ पुसमा बसेको नेकपा सचिवालय बैठकले सभामुख र राष्ट्रिय सभाका उम्मेद्‌वारका विषयमा निर्णय गर्ने भनिएपनि यस विषयमा कुनै निर्णय भएको थिएन। बरु, बैठकले प्रदेश–३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न प्रदेश कमिटी र प्रदेश सभाको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो।

प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक/फरक दल र फरक/फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ।

यसकारण नेकपाले कि त वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई नै सभामुखको उम्मेद्‌वार बनाउनुपर्नेछ, कि त उनलाई राजीनामा गराएर अर्काे उम्मेद्‌वार चयन गर्नुपर्ने छ।

उपसभामुख तुम्बाहाङफेले भने सभामुख पाउने भए मात्र राजीनामा दिने अडान राख्दै आएकी छन्। उनले आफू सभामुखकाे स्वभाविक दाबेदार बताउँदै आएकी छन्।तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहेको नेकपानिकट नेताहरूले बताएका छन्। यद्यपी, यसमा अर्का अध्यक्ष दाहालले सहमति जनाइसकेका छैनन्।

दाहाललाई नेकपाभित्र पूर्वमाओवादी समूहले सभामुख नछाड्न दबाब दिइरहेका छन्। केहीदिन पहिले पूर्वमाओवादीभित्रका दोस्रो/तेस्रो तहका नेताहरूले अध्यक्ष दाहाललाई भेटेर कुनै हालतमा सभामुख पद नछाड्न दबाब दिएका थिए। जुन कुरा अध्यक्ष दाहालले ओलीसँगको छलफलमा ‘मलाई साथीहरूले अफ्ठ्यारोमा पारेका छन्’ भनेर भनिसकेका छन्। यसमा ओलीले कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।

दाहालसँगको छलफलपछि नेकपा अध्यक्ष ओली प्याकेजमै सहमति खोज्ने ‘मूडमा’ पुगेको बताइन्छ। ओली राष्ट्रिय सभामा पूर्वमाओवादी समूहलाई बढी उम्मेद्‌वार दिने, केही समयपछि मन्त्रिपरिषद् पुनर्गठन गरेर शिवमाया र पूर्वमाओवादी समूहबाट एक जनालाई मन्त्री बनाउने गरी प्याकेजमै सहमति गर्ने मूडमा पुगेको उनीनिकट स्रोत बताउँछ।

आउँदो २० फागुनमा राष्ट्रिय सभाका १९ सदस्यको पदावधि सकिदैछ। जसमा नेकपाको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित आठ जना बाहिरिनेछन्। १८ सदस्यका लागि राष्ट्रिय सभाको निर्वाचन ९ माघमा हुँदैछ। राष्ट्रिय सभामा मनोनित अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि पनि २० फागुनमा सकिंदैछ।

राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेद्‌वारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। यसकारण पनि त्यसअघि नै उम्मेद्‌वार टुंग्याउनुपर्ने दबाब नेकपा लगायतका दलहरूलाई छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रिय सभाका उम्मेद्वार चयन गर्न भोलि, १७ पुस दिउँसो २ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। कांग्रेसभित्र असन्तुष्ट रहेको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले भने बैठक वहिष्कार गर्ने चेतावनी दिएको छ।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका उम्मेद्‌वार प्याकेजमै टुंग्याउने तयारी गरेको छ।

"> सभामुख र राष्ट्रिय सभाका उम्मेद्‌वार प्याकेजमै टुंग्याउने नेकपाको तयारी: Dekhapadhi
सभामुख र राष्ट्रिय सभाका उम्मेद्‌वार प्याकेजमै टुंग्याउने नेकपाको तयारी

प्रतिक्रिया दिनुहोस्