ऐन कार्यान्वयनमा नआउँदै शंका नगर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले ‘नेपाल विशेष सेवा विधेयक २०७६’का विषयमा शंका उपशंका नगर्न आग्रह गरेका छन्।

राष्ट्रिय सभामा पेश भएको सो विधेयकमा भएका प्रावधानहरू लोकतान्त्तिक विधिबाट कार्यान्वयन हुने बताएका हुन्।

“ऐन कार्यान्वयन तहमा नआई हामीले शंका आशंका पूर्वानुमान गर्नु उपयुक्त नहोला,” खतिवडाले भने, “कतिपय कानून कार्यान्वयन गर्दै जाँदा केही समस्या पनि आउन सक्छन् त्यसैले संशोधनमा लाने पनि गरेका छौँ। तर, कानून निर्माणको चरणमा यसमा भएको राम्रा कुराहरूलाई अपवादका रूपमा लागू हुन्छ की? भन्ने आशंका नगर्न आग्रह गर्दछु।”

प्रतिपक्षी दलका सांसदहरूले विरोधीलाई फसाउन कानून ल्याएको बताइरहँदा खतिवडाले लोकतान्त्रिक प्रक्रियामा त्यस्तो नहुने भन्दै ढुक्क हुन आग्रह गरे।

प्रतिनिधि सभाको अर्को बैठक भोलि १७ पुस दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्