छुरा प्रहार गर्ने दुई जना पक्राउ <p>काठमाडौं। महानगरीय प्रहरी वृत्त, लैनचौरले धारिलो हतियार छुरा प्रहार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p>प्रहरीले सिनामंगलका विवेक राई र सोही ठाउँका दिवस ठकुरीलाई पक्राउ गरेको हो।</p> <p>उनिहरूले काठमाडौं महानगरपालिका&ndash;२६ चाहानाबार गल्ली ठमेलमा गोरखा आरूघाटका एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए।</p> <p>घाइतेको शिक्षण अस्पलताल महाराजगंजमा उपचार भइरहेको छ। घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्