काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज टेलिफोन कुराकानी गरेका छन्। विहान साढे १० बजे प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग टेलिफोन संवाद गरेका हुन्।
संवादमा दुवैले आपसमा नया वर्ष २०२०को शुभकामना आदान-प्रदान गरेका थिए। मोदीले आफ्नो स्वास्थ्यअवस्थाबारे राखेको चासो र सुभेच्छाका लागि प्रधानमन्त्री ओलीले धन्यवाद दिएका थिए।
संवादका क्रममा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बाँकी समस्याहरु पनि समाधान गर्दै सम्बन्धलाई झनै उचाईमा पुर्याउन सन् २०२० सफल रहने पनि दुवैले विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन्।
प्रधानमन्त्री ओलीले संवादका क्रममा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि थापाले जानकारी दिए।