कोरोनासँगै भारतमा अर्को महामारी ब्ल्याक फङ्गस एजेन्सी। कोरोना महामारीको चपेटामा परेको भारतमा अर्को महामारी पनि सुरु भएको छ। अर्को महामारी हो-ब्ल्याक फङ्गस/म्यूकरमाइकोसिस। भारतको केन्द्र सरकारले ब्ल्याक फङ्गसलाई महामारी घोषणा गरेको छ। केन्द्र सरकारले राज्य सरकारलाई पनि महामारी घोषणा गर्न निर्देशन दिइसकेको छ।योसँगै सबै राज्यले अब केन्द्र सरकारलाई ब्ल्याक फङ्गसको दैनिक विवरण बुझाउनु पर्नेछ। हरियाणा, राजस्थान र तेलंगानामा यसअघि र्नै ब्ल्याक फङ्गसलाई महामारी घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्