खुला ठाउँमा शौच गरेको आरोपमा दलित बालबालिकाको हत्या
नयाँ दिल्ली। खुला ठाउँमा शौच गरेको भन्दै भारतमा दुई दलित बालबालिकाको हत्या भएको छ।
भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लाको भावडखेडी गाउँको सडक नजिकै खुला स्थानमा दिसा-पिसाब गरिरहेको अवस्थामा ती बालबालिकामाथि लौरोले हानेर आक्रमण भएको प्रहरीको भनाइ छ।
आक्रमणमा पर्नेमा वाल्मीकि समाजका १२ वर्षीया रोशनी र १० वर्षका अविनाश नामका बालबालिका रहेका छन्।
बीबीसीका अनुसार पीडितका पारिवारले घरमा शौचालय नभएकाले उनीहरूले खुला स्थानमा दिसा-पिसाब गरेको बताएका छन्।
लाखौँ गरिब भारतीयहरूले खुला स्थानमा दिसा-पिसाब गर्ने गर्छन्। त्यसले विशेषगरी महिला र बालबालिकालाई जोखिममा पार्ने गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्