भारतलाई नेपाल सरकारको अनुरोध- कोरोना खोप निर्यातमा लगाएको अस्थायी प्रतिबन्ध हटाउ काठमाडौं। सरकारले कूटनीतिक च्यानलमार्फत कोरोना खोप निर्यातमा लगाइएको अस्थायी प्रतिबन्ध हटाउन भारतलाई अनुरोध गरेको छ। नयाँदिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावासमार्फत उक्त अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोभ्याक्सिनको आधिकारिक आयातकर्ता इमेराल्ड फार्माले हैदरावादस्थित भारत वायोटेक इन्टरनेशनल लिमिटेडबाट खोप खरिद प्रक्रिया अघि बढाएको थियो। यसैबीच भारतले खोप निर्यातमा रोक लगाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्