बारामा एनसेल टावरमा आगजनी

बारा। बारामा एनसेल टावरमा आगजनी गरिएको छ।

गएराति जितपुर सिमरा उपमहानगरपालिका-१४ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए।

डीएसपी मिश्रका अनुसार एनसेल टावरमा लगाइएको आगो सशस्त्र र जनपथ प्रहरीको टोलीले दमकलको सहकायताले राति नै नियन्त्रणमा लिइएको छ।

टावरमा आगजनी कसले गरेको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगजनि गरिएको ठाउँ सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पको नजिकै रहेको छ।

प्रतिक्रिया दिनुहोस्