यस कारण बल्झिँदै कांग्रेसमा आन्तरिक विवाद
काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद सुल्झिनु साटो बल्झिएको छ।

कांग्रेसका सबै तहका नेताहरूको ध्यान संगठन निर्माणभन्दा १४ औं महाधिवेशनबाट कसरी नेतृत्वमा कायमै रहने/पुग्ने भन्नेमा केन्द्रित हुँदा समस्या बढेको हो।

संस्थापन पक्षले असन्तुष्ट पक्षको सहभागिताबिनै १४औं महाधिवेशन कार्यतालिकासहित विभिन्न निर्णय गरेपछि विवाद झन् बल्झिएको छ।

संस्थापन पक्षले निर्णय नसच्याएसम्म छलफलमै नबस्ने अडानमा असन्तुष्ट समूह छ।

यसैबीच संस्थापन पक्षले १७ पुसमा केन्द्रीय समिति बैठक बोलाएको छ।

राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभाका सभामुख निर्वाचन विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले १७ पुसका लागि केन्द्रीय समिति बैठक बोलाएका हुन्।

देउवाले बैठक बोलाए पनि असन्तुष्ट पक्षीय नेताहरूले १५ पुस दिउँसो सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भेला गरी सो बैठकमा सहभागी नहुने निर्णय गरेको आजको नागरिक दैनिकमा समाचार छ।

एक पक्षीय ढंगबाट सार्वजनिक महाधिवेशन कार्यतालिका नसच्याएसम्म सभापतिसँगको छलफलमा नबस्ने बताउँदै आएको असन्तुष्ट पक्षले २१ पुसमा काठमाडौंमा जिल्ला सभापतिको भेला बोलाएको छ।

पार्टी बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरू अघि बढ्ने बताउँदै केन्द्रीय सदस्य हृदयराम थानीले भने,“एकलौटी र विधानविपरीतका निर्णयविरुछ हामी हाम्रो अडानमा कायमै छौं।

प्रतिक्रिया दिनुहोस्