२२ सय बढी सवारी साधन होल्डमा काठमाडाैं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका २२ सय ३५ वटा सवारी साधनलाई काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरेको छ।जसमा १५ सय १७ वटा दुई पाङग्रे, ५०६ ओटा चार पाङ्ग्रे, ९३ ओटा ट्याक्सी र ११९ वटा अन्य ठूला सवारी साधन रहेका छन्।काठमाडाैं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्