काठमाडौं। प्रदेश ३ को नाम बागमती राख्न आफूसम्बद्ध प्रदेशसभा सदस्यलाई निर्देशन दिने सत्तारुढ नेकपाको निर्णयप्रति विरोध शुरू हुन थालेको छ।
काठमाडौंका नेवार समुदायका अगुवाले प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका छन्। नेवार समूदायका अगुवा मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताएका छन्। नेकपाको निर्णय गैरसंवैधानिक र संघीयता विरोधी भएको भन्दै प्रदेशको नाम बागमती स्वीकार्न नसकिने पनि बताए।
समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पनि ‘नेवा ताम्सालिङ’ प्रदेश बनाउनु पर्ने धारणा राखेका छन्। ‘नेवा ताम्सालिङ’ नामका लागि विगतदेखि नै आन्दोलन भएको बताएका श्रेष्ठले नेकपाको निर्णयविरुद्ध नेवार समूदाय एकजुट हुने बताए।
‘‘आन्दोलनको तयारी भइरहेको छ। यसले जस्तोसुकै तानाशाहीलाई पनि सडकमा ल्याएर पछार्ने स्थिति आउँछ’’, श्रेष्ठले भने। राष्ट्रिय एकताका लागि सबै जाति, भाषा, धर्म र संस्कृतिलाई मुलधारमा ल्याउन संघीय व्यवस्थामा गएको भन्दै उनले प्रदेश ३ लाई ‘नेवा ताम्सालिङ’ नामाकरण गरिनुपर्ने बताए।
नेकपाको सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौडा र नाम बागमती राख्ने निर्णय गरेको थियो । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले नाम र राजधानीका विषयमा शीर्ष नेतृत्वबाट निर्देशन आउनुपर्ने बताउँदै आएका छन्।
" /> काठमाडौं। प्रदेश ३ को नाम बागमती राख्न आफूसम्बद्ध प्रदेशसभा सदस्यलाई निर्देशन दिने सत्तारुढ नेकपाको निर्णयप्रति विरोध शुरू हुन थालेको छ।काठमाडौंका नेवार समुदायका अगुवाले प्रदेश ३ को नाम ‘नेवा ताम्सालिङ’ राख्न माग गर्दै नेकपा सचिवालयको निर्णयको विरोध जनाएका छन्। नेवार समूदायका अगुवा मल्ल के सुन्दरले नेकपा सचिवालयले गरेको निर्णयका सम्बन्धमा सबै नेवारहरुको ध्यानकर्षण भएको बताएका छन्। नेकपाको निर्णय गैरसंवैधानिक र संघीयता विरोधी भएको भन्दै प्रदेशको नाम बागमती स्वीकार्न नसकिने पनि बताए।

">