नवलपरासीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु बुटवल। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना५ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा दुर्घटना हुँदा रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मृत्यु भएको हो। अन्य २ जनाको सनाखत भएको छैन।घाइतेहरुको चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्