नक्कली सुनसहित नयाँ बसपार्कबाट दुई जना पक्राउ <p>काठमाडौं। काठमाडौंको नयाँ बसपार्कबाट नक्कली सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p>बसपार्कको तनहुँ होटलबाट एक किलोग्राम नक्कली सुनसहित दुईजनालाई &nbsp;महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो।&nbsp;</p> <p>पक्राउ पर्नेमा मोरङका २२ वर्षीय भुपाल लिम्बू र पाँचथरका २४ वर्षीय अरुण राई रहेको वृतका प्रमुख डीएसपी उमेल लम्सालले बताए।&nbsp;</p> <p>नक्कली सुनलाई सक्कली भनेर ठगी गर्दैगर्दा पक्राउ गरेका दुवैजनालाई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्