मेची प्रादेशिक अस्पतालको स्तरोन्नतिका लागि नौ करोड बजेट विनियोजन काठमाडौं। भद्रपुरको मेची प्रादेशिक अस्पतालको स्तारोन्ती गर्न सरकारले ९ करोड रुपैयाँ दिने भएको छ। अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माण गर्नका लागि उक्त रकम दिने निर्णय गरिएको हो। सरकारले ९ वटा प्रादेशिक अस्पतालको स्तरोन्नतिको लागि २ अर्ब ९५ करोड २० लाख बजेट दिने निर्णय गरेको थियो। सोही वमोजिम ९ करोड रुपैयाँ मेची प्रादेशिक अस्पताललाई दिन लागिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्