आधा केजी सुनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले एक भारतीय नागरिकलाई आधा केजी सुनसहित पक्राउ गरेको छ।

मलद्वारमा लुकाएर ल्याउँदै गर्दा सुनसहित प्रहरीले भारतको महाराष्ट्र राज्यका सुनिल हरीरामलाई पक्राउ गरेको हो।

फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल प्रवेश गर्ने क्रममा उनी पक्राउ परेका हुन्।

आज बिहान साढे ८ बजे फ्लाइ दुबईबाट काठमाडौं ओर्लेका उनलाई चेकजाँच गर्ने क्रममा मलद्वारभित्र लुकाएर ल्याएको अवस्थामा सुन भेटिएको हो।

दुई वटा प्लाष्टिकमा पोको पारेको अवस्थामा २५० ग्रामका दुई टुक्रा सुन बरामद गरिएको महानगरी प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्