अमेरिकी राष्ट्रपतिद्वारा युद्धविराम गर्न इजरायल र प्यालेस्टाइनलाई आग्रह एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धबिराम गर्न इजरायल र प्यालेस्टाइनलाई आग्रह गरेका छन्। बाइडेनद्वारा सोमबार जारी विज्ञप्तिमा सम्वादमार्फत समस्या समाधान गर्न दुवै पक्षलाई आग्रह गरिएको छ। अमेरिकी राष्ट्रपतिले विज्ञप्तिमा इजरायलले आफ्नो प्रतिरक्षा गर्ने अधिकार रहेको जनाएका छन्। अमेरिका इजरायलको सबैभन्दा ठूलो सहयोगी र समर्थक हो। पछिल्ला दिन इजरायल र प्यालेस्टाइनबीच चर्किएको संषर्घमा २ सयभन्दा बढी प्यालेस्टाइनीको मृत्य भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्