अपांगता भएका बालबालिकालाई अमेरिकाबाट एकलाख सहयोग
काठमाडौं। परोपकारी संस्था लभ एण्ड सपोर्ट फाउण्डेशन नेपाल र भारतका अपांगता भएका तथा असाहय २० बालबालिकाहरूलाई नगदसहित लत्ताकपडा सहयोग गरेको छ।

अपांगता वाल शिक्षा सेवा केन्द्र अर्जुनधारा–६ कप्तानवारीका १० जना बालबालिकाहरूलाई फाउण्डेसनले २५ हजार रुपैयाँ र लत्ताकपडा वितरण गरेको हो।

त्यस्तै, फाउण्डेसनले भारतको सिक्किमका १० असाहय बालबालिकालाई ८० हजार रूपैयाँ र लत्ताकपडा सहयोग गरेको छ।

फाउण्डेसनको सिक्किम च्याप्टरका प्रमुख सुमन तामाङ्गलाई सो सहयोग प्रदान गरिएको छ।

उक्त रकम फाउण्डेसनको अमेरिका नर्थक्यारोलेनास्थित मुख्य कार्यालयबाट जुटाइएको फाउण्डेसनले जनाएको छ।

संस्थाका सल्लाहकार वरिष्ठ गितकार बुद्धबीर लामा र धावक बैकुण्ठ मानन्धर, फाउण्डेसनका नेपाल अध्यक्ष जसु लामा र प्रदेश १ का प्रतिनिधि कृष्ण मिश्रले १३ पुसमा सो सहयोग झापामा वितरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा झापा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बाल केन्द्रको भवन निर्माणको लागि जग्गा उपलव्ध गराउने प्रतिवद्धता ब्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्