छोरीलाई बलात्कार प्रयास गर्ने बाबु पक्राउ
काठमाडौं। आफ्नै छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा एकजना बाबु काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन्।

काभ्रे मण्डनदेउपुर नगरपालिका-१० स्थायी घर भइ हाल टोखा नगरपालिका-९ गोंगबु बस्ने ४० वर्षीय बावुलाई प्रहरीले पक्राउ गरेको हो।

गएराति २२ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेपछि खबर पाएलगत्तै महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बावुछोरी दुवैको स्वास्थ्य परीक्षण गराइसकेको छ।

महानगरीय प्रहरी वृत महाराजगन्जका प्रमुख डीएसपी उमेश लम्सालले पीडित युवतीले दिएको जाहेरी दर्ता गरेर अनुसन्धान थालिएको बताए।

“आजै अदालतबाट म्याद थप गर्छौं”, उनले भने, “पटक-पटक बलात्कार गर्दै आएको  पीडितको भनाइ छ हामी अनुसन्धान गर्दैछौं।”

बलात्कारको प्रयास गर्ने बाबुलाई वृतको नियन्त्रणमा राखिएको छ। ती युवती आफ्नै बुवासँग डेरामा बस्दै आएकी थिईन्।

प्रतिक्रिया दिनुहोस्