यसका थुप्रै कारण छन् ।
कुनै पनि वस्तुको उचाइमा रहेको मूल्य कुनै पनि बेला घट्न सक्ने सम्भावना हुन्छ। तर, जानकारहरूका अनुसार अहिलेको ‘ट्रेन्ड’ हेर्दा केही घटबढ भए पनि आउँदो मंसीर–पुस महीनासम्म सुनको मूल्यमा त्यति धेरै गिरावट आउने सम्भावना छैन।
बज्राचार्यका अनुसार तत्काल आवश्यकता नभएका तर, सुन संचित गर्न खोज्नेहरू मूल्य घटेपछि किन्ने मनस्थितिमा छन्। त्यो प्रवृत्तिले गर्दा पनि सुनको खपत घटेको छ। चाडबाडको समयमा बजारमा नगद प्रवाह बढ्छ। यसअघिका वर्षमा अन्य सामग्रीसँगै उपभोक्ताले सुन पनि खरीद गर्थे। तर, अहिले अवस्था उल्टो छ ।
परिणाम– सुन चाँदी व्यवसायीहरूले तीन महीनादेखि बैंकबाट सुन किनेका छैनन् । बजारमा रहेको ‘स्टक’ सुनले दैनिक माग धानिरहेको छ ।
नेपाली बजारमा सुनमा लगानी गर्नेहरू नगन्य मात्रामा छन्। घटेको बेला किन्ने र बढेको बेला बेच्ने प्रवृत्ति लगभग शुन्यप्रायः छ। सरकारले पनि सुनमा हुने लगानीलाई निरूत्साहित गर्ने नीति लिएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार सुनमा लगानी गर्ने उद्देश्यले खरीद बिक्री गर्ने व्यक्तिले अन्तर्राष्ट्रिय बजार र गतिविधिको सुक्ष्म अध्ययन गर्न जरूरी भएको बताउँछन् । “केही दिनको बजारलाई हेरेर भविष्य आकलन गर्न सकिंदैन,” उनी भन्छन्, “तर, सुनमा गरिएको लगानी अन्यको तुलनामा सुरक्षित हुन्छ ।”
सुन पनि, ब्याज पनि !
चालु आर्थिक वर्षको बजेटमार्फत् सुन चाँदी बैंकमा राखेर नगद जस्तै ब्याज लिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई यस बर्षको मौद्रिक नीतिले पनि स्वीकारेको छ । राष्ट्र बैंकले कार्यविधि बनाएपछि यो विषय थप प्रष्ट हुनेछ।
यसअघि बैंकहरूले नगदलाई मात्र निक्षेपका रूपमा स्वीकार गर्दै आएका थिए। नगद चाहिएमा सुन चाँदी धितो राखेर कर्जा निकाल्न वा लकरमा राखेर निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था थियो।
यो व्यवस्था चार वर्ष अघि भारतमा लागू भएको थियो। उपभोक्तासँग भएको सुन औपचारिक बजारमा आएर त्यसको मूल्य तय हुने हुँदा यसको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ। भारतमा बैंकमा सुन राख्दा निक्षेप परिचालनमा समेत सुधार भएको थियो। नेपालमा पनि त्यही परिणाम हासिल हुने अपेक्षा गरिएको छ।
बैंकमा राखिने सुन र चाँदीको कमोडिटी मार्केटले तय गरेको बजार मूल्यलाई आधार बनाएर उपभोक्ताले निश्चित दरमा ब्याज पाउँछन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार ‘कमोडिटी मार्केट’को प्रचलित मूल्य हेरेर ‘डेरिभेटिभ क्याल्कुलेसन’मार्फत् समायोजन गरी निश्चित दरको ब्याज दिइनेछ।
यो व्यवस्था थुप्रै मुलुकमा प्रचलित छ। “बैंकमा जुन गुणस्तरको, जति सुन राखिएको छ, त्यसको विस्तृत विवरण उल्लेख गरी बैंकहरूले प्रमाणित कागज दिन्छन्,” निरौला भन्छन् “तोकिएको अवधिपछि त्यही गुणस्तर र परिमाणको सुन निक्षेपकर्ताले ब्याजसँगै फिर्ता पाउँछन्।”
यसरी राखिएको सुनको ब्याजदर नगदमा जस्तो धेरै नहुने उनले बताए। “ब्याज १/२ प्रतिशत हुन सक्छ, शुल्क नतिरी सुरक्षित रूपमा राख्न पाउनुलाई पनि उपलब्धी मान्नुपर्छ,” निरौलाले भने।
निक्षेपका रूपमा सुन चाँदी राख्ने चलन बढेमा आपराधिक घटना न्यूनीकरणमा सघाउ पुग्ने पनि राष्ट्र बैंकको विश्वास छ। त्यसो गर्दा प्राकृतिक वा अन्य विपत्तीका बेला बहुमूल्य वस्तु हराउने डर पनि हुँदैन।
राष्ट्र बैंकले उपभोक्तासँग रहेको सुनलाई बैंकसम्म पुर्‍याएर निक्षेप परिचालन बढाउने नीति लिएको छ। यो नीतिले सुनको बजार विस्तारमा पनि सघाउ पुर्‍याउने व्यवसायीहरूको समेत विश्वास छ ।
" /> यसका थुप्रै कारण छन् ।
"> मूल्य बढेको बेला सुन किन्ने कि बेच्ने ?: Dekhapadhi
मूल्य बढेको बेला सुन किन्ने कि बेच्ने ?
काठमाडौं। विश्व बजारमा डलरको मूल्य लगातार बढिरहेको छ। परिणाम– थोरै उतारचढावका बावजुद विश्वभर सुनको मूल्य लगातार उकालो लागेको छ। यसपटक सुनको मूल्य जुन रफ्तारमा बढेको छ, यसअघि कहिल्यै यसरी बढेको थिएन ।
८ असोजमा तोलाको ७२ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज भने एक हजार कम मूल्यमा कारोबार भयो। यसअघि ६ दिनसम्म सुनको मूल्य निरन्तर उकालो लागेको थियो। डलरको सटही दर, शेयरबजार, सुनको माग लगायत कारणले यसको मूल्य दैनिक तल माथि हुन्छ ।
सुनको मूल्य लगातार बढिरहँदा उपभोक्तालाई कौतुहल हुन सक्छ– थप सुन किन्ने वा आफूसँग भएको सुन बेच्ने ?
नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य तत्काल सुनको मूल्य घट्ने सम्भावना नरहेको हुँदा उपभोक्तालाई आवश्यक सुन मात्र किन्न सुझाव दिन्छन्। “विश्व बजारलाई हेर्दा तत्काल सुनको मूल्य घट्न सक्ने देखिंदैन,” उनी भन्छन्, “आवश्कता हुनेले मूल्य घट्ला र किनौंला भनेर नकुर्दा पनि हुन्छ।”
सानो परिमाणमा खरीद बिक्री गर्नेहरूको लागि धेरथोर मूल्यको घटबढले खासै फरक नपार्ने उनको भनाइ छ।
किन्न सजिलो, बेच्न मुश्किल
नेपाली बजारमा सुन किन्न मात्र पाइन्छ । उपभोक्ताले सुन बेच्न परे त्यो किनिदिने निकाय छैन। आफूसँग भएको सुन बेच्नु पर्ने भएमा उपभोक्ताले व्यापारीकै खोजी गर्नुपर्छ ।
व्यापारीलाई सुन बेच्दाको समस्या झन् ठूलो छ । सामान्यतया आम नेपालीले जम्मा गर्ने प्रयोजनले सुन किन्दैनन् । अर्थात्, प्रायःले सुनका बनिबनाऊ गहना खरीद गर्छन् ।
स्वाभाविक रूपमा व्यापारीहरूले गहनाको रूपमा प्रयोग भएको सुन किन्दा जर्ती, ज्याला लगायतको मूल्य घटाएर मात्र किन्छन्। त्यसले गर्दा उपभोक्ताले किनेको सुनको मूल्य बढेको समयमा बेच्दा पनि उति फाइदा हुँदैन। बज्राचार्य भन्छन्–“त्यसकारण थोरै मूल्य बढेको समयमा सुन बेच्न हतार नगर्नु नै उपयुक्त हुन्छ।”
अहिले विश्व बजारमै सुनको मूल्य आकाशिएको छ । यसका थुप्रै कारण छन् ।
कुनै पनि वस्तुको उचाइमा रहेको मूल्य कुनै पनि बेला घट्न सक्ने सम्भावना हुन्छ। तर, जानकारहरूका अनुसार अहिलेको ‘ट्रेन्ड’ हेर्दा केही घटबढ भए पनि आउँदो मंसीर–पुस महीनासम्म सुनको मूल्यमा त्यति धेरै गिरावट आउने सम्भावना छैन।
बज्राचार्यका अनुसार तत्काल आवश्यकता नभएका तर, सुन संचित गर्न खोज्नेहरू मूल्य घटेपछि किन्ने मनस्थितिमा छन्। त्यो प्रवृत्तिले गर्दा पनि सुनको खपत घटेको छ। चाडबाडको समयमा बजारमा नगद प्रवाह बढ्छ। यसअघिका वर्षमा अन्य सामग्रीसँगै उपभोक्ताले सुन पनि खरीद गर्थे। तर, अहिले अवस्था उल्टो छ ।
परिणाम– सुन चाँदी व्यवसायीहरूले तीन महीनादेखि बैंकबाट सुन किनेका छैनन् । बजारमा रहेको ‘स्टक’ सुनले दैनिक माग धानिरहेको छ ।
नेपाली बजारमा सुनमा लगानी गर्नेहरू नगन्य मात्रामा छन्। घटेको बेला किन्ने र बढेको बेला बेच्ने प्रवृत्ति लगभग शुन्यप्रायः छ। सरकारले पनि सुनमा हुने लगानीलाई निरूत्साहित गर्ने नीति लिएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार सुनमा लगानी गर्ने उद्देश्यले खरीद बिक्री गर्ने व्यक्तिले अन्तर्राष्ट्रिय बजार र गतिविधिको सुक्ष्म अध्ययन गर्न जरूरी भएको बताउँछन् । “केही दिनको बजारलाई हेरेर भविष्य आकलन गर्न सकिंदैन,” उनी भन्छन्, “तर, सुनमा गरिएको लगानी अन्यको तुलनामा सुरक्षित हुन्छ ।”
सुन पनि, ब्याज पनि !
चालु आर्थिक वर्षको बजेटमार्फत् सुन चाँदी बैंकमा राखेर नगद जस्तै ब्याज लिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई यस बर्षको मौद्रिक नीतिले पनि स्वीकारेको छ । राष्ट्र बैंकले कार्यविधि बनाएपछि यो विषय थप प्रष्ट हुनेछ।
यसअघि बैंकहरूले नगदलाई मात्र निक्षेपका रूपमा स्वीकार गर्दै आएका थिए। नगद चाहिएमा सुन चाँदी धितो राखेर कर्जा निकाल्न वा लकरमा राखेर निश्चित शुल्क तिर्नुपर्ने व्यवस्था थियो।
यो व्यवस्था चार वर्ष अघि भारतमा लागू भएको थियो। उपभोक्तासँग भएको सुन औपचारिक बजारमा आएर त्यसको मूल्य तय हुने हुँदा यसको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ। भारतमा बैंकमा सुन राख्दा निक्षेप परिचालनमा समेत सुधार भएको थियो। नेपालमा पनि त्यही परिणाम हासिल हुने अपेक्षा गरिएको छ।
बैंकमा राखिने सुन र चाँदीको कमोडिटी मार्केटले तय गरेको बजार मूल्यलाई आधार बनाएर उपभोक्ताले निश्चित दरमा ब्याज पाउँछन् । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार ‘कमोडिटी मार्केट’को प्रचलित मूल्य हेरेर ‘डेरिभेटिभ क्याल्कुलेसन’मार्फत् समायोजन गरी निश्चित दरको ब्याज दिइनेछ।
यो व्यवस्था थुप्रै मुलुकमा प्रचलित छ। “बैंकमा जुन गुणस्तरको, जति सुन राखिएको छ, त्यसको विस्तृत विवरण उल्लेख गरी बैंकहरूले प्रमाणित कागज दिन्छन्,” निरौला भन्छन् “तोकिएको अवधिपछि त्यही गुणस्तर र परिमाणको सुन निक्षेपकर्ताले ब्याजसँगै फिर्ता पाउँछन्।”
यसरी राखिएको सुनको ब्याजदर नगदमा जस्तो धेरै नहुने उनले बताए। “ब्याज १/२ प्रतिशत हुन सक्छ, शुल्क नतिरी सुरक्षित रूपमा राख्न पाउनुलाई पनि उपलब्धी मान्नुपर्छ,” निरौलाले भने।
निक्षेपका रूपमा सुन चाँदी राख्ने चलन बढेमा आपराधिक घटना न्यूनीकरणमा सघाउ पुग्ने पनि राष्ट्र बैंकको विश्वास छ। त्यसो गर्दा प्राकृतिक वा अन्य विपत्तीका बेला बहुमूल्य वस्तु हराउने डर पनि हुँदैन।
प्रतिक्रिया दिनुहोस्