निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको निषेधाज्ञा उल्लंघन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ। गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्