दुई दिनमा चीनबाट ल्याइयो ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आइतबार र सोमबार गरी चीनबाट ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ। आइतबार ४०० र सोमबार ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर चीनबाट ल्याइएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्