पूर्व प्रधानमन्त्रीद्धय देउवा र नेपालसँग अमेरिकी राजदूतको छुट्टाछुट्टै भेट
राजदूत बेरी देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ र नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए ।
सभापति देउवासँग भएको भेटवार्तामा समसामयिक राजनीति र द्विपक्षीय हितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए । भेटमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौंदेखिको विकास साझेदारीलाई थप प्रभावकारी बढाउनेलगायत विषयमा छलफल भएको थियो ।
त्यस्तै नेता नेपालसँगको भेटमा नेपाल र अमेरिका सम्बन्धको इतिहास स्मरण गरिनुका साथै पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको नेपालको सचिवालयले जनाएको छ ।
उनीहरूबीच नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ ।
आजको भेटवार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने नेता नेपालको सचिवालयले जनाएको छ । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्