प्रमुख प्रशासकीय अधिकृत खाम्यहाङको कोरोना संक्रमणबाट मृत्यु झापा। झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। विर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचाररत खाम्यहाङको आज २:३० बजे मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए। उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो। उनलाई वैशाख १७ गतेदेखि उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्