इजरायलद्वारा आज फेरि गाजा क्षेत्रमा हवाइ आक्रमण बीबीसी। प्यालेस्टिनी पक्षले दक्षिणी इजरायलका शहरहरूमा आक्रमण गरेको जनाउँदै इजरायलले सोमबार बिहानै गाजा क्षेत्रमा दर्जनौंपटक हवाइ आक्रमण गरेको छ। इजरायल-प्यालेस्टाइनबीचको बढ्दो तनावबीच इजरायलले एक सातायता हमास समूहलक्षित गरी प्यालेस्टाइनमाथि आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आइतबार तत्काल शान्ति स्थापनाका लागि गरेको आह्वानबीच आज पुनः इजरायलले आक्रमण गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्