भारतमा चक्रवात ‘टाउटे’ : गुजरातमा भारी वर्षाको सम्भावना एजेन्सी। भारतको दक्षिणपश्चिमी राज्यहरूमा चक्रवात टाउटेको खतरा देखिएको छ। यो समुद्री आँधी गुजरात राज्यतर्फ बढिरहेको र आज साँझ गुजरातको समुद्री तटमा पुग्ने मौसम विभागले जनाएको छ। यससँगै आज र भोलि गुजरातमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ। हालसम्म यस चक्रवातबाट भारतका विभिन्न स्थानमा आठजनाले ज्यान गुमाइसकेका छन्। मुम्बईमा यस आँधीका कारण रेड एलर्टसमेत जारी गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्