सामुद्रिक आँधीको डरले हिमाल आरोहण प्रभावित काठमाडौं। अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा वैशाख ३० गतेदेखि आरोहण प्रभावित भएकाले सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले बताइन्। यतिबेला सयौं आरोही आधार शिविरमा अनुकूल मौसमको पर्खाइमा छन्। यस वर्ष सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भएको थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्