इजरायल–प्यालेस्टाइनबीचको संघर्ष दोस्रो सातामा प्रवेश एजेन्सी। इजरायल र प्यालेस्टाइनबीच जारी संघर्ष दोस्रो सातामा प्रवेश गरेको छ। प्यालेस्टाइन चरमपन्थीहरुले इजरायलमाथि रकेट र इजरायलले प्यालेस्टाइनमाथि हवाई तथा मिसाइल आक्रमण गरिरहेका छन्। यो संघर्षमा हालसम्म १९२ जना प्यालेस्टाइनीको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्। मृत्यु हुनेमा ५८ जना बालबालिका र ३४ जना महिला रहेका छन्। आइतबार मात्रै इजरायली आक्रमणमा परी ४२ जना प्यालेस्टाइनीले ज्यान गुमाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्