काठमाडौं उपत्यकामा १ हजार ४६७ सवारी साधन होल्डमा काठमाडौं।ट्राफिक प्रहरीले निषेधाज्ञा अवज्ञा गरी चलाइएका १ हजार ४६७ सवारी साधन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये १ हजार ७५ वटा दुई पाङग्रे, २९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा ठूला सवारी साधन छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्