अक्सिजन आपूर्ति सहज बनाउन १२६ स्थानमा अनुगमन काठमाडौं। गृह मन्त्रालयले अक्सिजन उत्पादन, आपूर्ति र वितरणलाई प्रभावकारी बनाउन सम्बद्ध क्षेत्रका १२६ स्थानमा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा उद्योगलगायत अन्य क्षेत्रमा प्रयोगमा रहेका एक हजार २९२ वटा अक्सिजन सिलिण्डर मेडिकल प्रयोजनको लागि दिइएको छ। कोरोना संक्रमितको संख्या बढेपछि अहिले देशका अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ। यसलाई पूर्ति गर्न गृहले अनुगमन थालेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्